प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पवाट सबैभन्दा बढी पीडित भएकाहरुलाई राहत पुग्ने गरी द्रुत गतिमा कार्य अघि बढाउन सरोकारवाला मन्त्रालय तथा पुर्ननिर्माण प्राधिकरणलाई निर्देशन दिएका छन्।

आइतबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्राधिकरणसहित सरोकारवाला मन्त्रालयको संयुक्त बैठकमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् ।

भूकम्पवाट क्षति भइ जोखिमयुक्त बस्तीमा बसिरहेका परिवारलाई तत्काल अन्यत्र बसोवासको व्यवस्था मिलाउन, घर निर्माण गर्ने पीडितलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन तथा भूकम्पपीडित सुकुम्वासीहरुलाई राहतको व्यवस्था गर्ने गरी कार्यविधि ल्याउन प्रधानमन्त्रीले निर्देशन दिएका हुन्।

बैठकमा शहरी विकास मन्त्री अर्जुन नरशिंह केसी, स्थानीय विकास मन्त्री हितराज पाण्डे, शिक्षा मन्त्री धनीराम पौडेल, मुख्य सचिव सोमलाल सुवेदी सहित सरोकारवाला मन्त्रालयका सचिव, पुर्ननिर्माण प्राधिकरणका अध्यक्ष, गर्भनरसमेतको सहभागिता थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!