- प्रेम देवान/संगालोखबर

विराटनगर । यूवा पुस्ताको मायाप्रेमलाई सरल ढुङ्गमा प्रस्तुत गरिएको चलचित्र ‘यो साइनो मायाको’ आगामी चैत ४ गतेदेखी देशभर प्रदर्शन हुने भएको छ ।

निर्माण टिमले विराटनगरमा पत्रकार सम्मेलन गरि काठमाण्डौको मल्टिफिलेक्स १२ वटा हलसहित देशभरीका हलहरुमा एकैसाथ ‘यो साइनो मायाको’ प्रदर्शन गरिने जानकारी दिएको हो । अरुण प्रधानले निर्देशन गरेको चलचित्रमा पूर्वका कलाकारहरु विशेष भुमिकामा छन ।

Advertisement

पूर्वको पर्यटकीय स्थल भेडेटार, धरानको घोपा क्याम्प, विराटनगर लगायतका स्थानमा चलचित्रको छायाङ्कन गरिएको छ । चलचित्रमा जतिन ताम्राकार नायक र रेष्मा घिमिरे नायिका रहेका छन् । रेष्माले नेपाली चलचित्रमा ‘यो साइनो मायाको’ बाट डेब्यू गरेका हुन् ।

चलचित्रमा नबनितराज प्रधान, राजु भुजेल, सागर डंगोल, किशोर भण्डारी, सुनिता ठाकुर, मनोज खतिवडा, दिवस सुवेदी, बिशाल श्रेष्ठ, उमा कार्की, गौरब खतिवडा लगायतले पनि अभिनय गरेका छन ।

पत्रकार सम्मेलन गरी फिल्मको वारेमा जानकारी गराईदै । तस्वीर- प्रेम देवान,संगालोखबर

मोफसलमा रहि कलाकारिता क्षेत्रमा आफ्नो कर्म थलो बनाएका नयाँ अनुहारका कलाकारहरुलाई स्थान दिईएको चलचित्रमा उनीहरुको अभिनय तारिफ योग्य रहेको निर्माण पक्षको दावी छ । मन्जिना मुभिजको ब्यानरमा निर्माण भएको चलचित्र पठ्कथा सम्बाद पनि निर्देशक प्रधानले गरेका हुन ।

चलचत्रिको संगीत कुन्दन थापा र बिकेस केशंकरले दिएका छन् भने शिव परियार, मनिषा पोखरेल, कोसिश क्षेत्री, मेलिना राई, बिकेश के शंकर, ज्योती सुब्बाको पनि चलचित्रका गीतमा स्वर सुन्न पाईनेछ । करिब ६५ लाखको लगानीमा चलचित्र निर्माण भएको निर्माण यूनिटले जनाएको छ ।

विराटनगरबाट प्रचार–प्रसारमा होमिएको युनिटले दमक, हैटौडा हुदै पोखरासम्म पुगेर पत्रकार सम्मेलन गर्दै प्रचार–प्रसार गर्ने नायक जतिन ताम्राकारले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!