
बलिउड अभिनेत्री एेश्वर्य राय बच्चन खासै सामाजिक सञ्जालहरुमा देखिन्नन् । आजको सामाजिक सञ्जालको दुनियामा किन उनी यसबाट टाढा रहेकी छन् त ? यसको कारण भनेको उनका पति अभिशेक हुन । भारतीय समाचारमाध्यमले उल्लेख गरे अनुसार उनी सामाजिक संजालमा आउन चाहे पनि सकेकी छैनन् ।
उनलाई पति अभिषेक बच्चनले रोकेको खबर सार्वजनिक भएको छ । यता, अभिषेक भने सामाजिक संजालमा छन् र प्रायः पोस्ट पनि गरिरहेका हुन्छन् । ऐश्वर्यले सामाजिक संजालको दबाब झेल्न नसक्ने भएकाले उनी यसमा सक्रिय नरहून् भन्ने रहेको अभिषेकको भनाइ छ ।
सामाजिक संजालमा कलाकारका बारे धेरै ट्रोलहरु आउने, मजाक उड्ने, कहिलेकाँही गाली गलौज पनि हुनाले ऐश्वर्यले यी सबै झेल्न सक्छिन् भन्ने आश्वस्त नभएकाले अभिषेकले आफ्नी पत्नीलाई यी सबबाट टाढा राख्न चाहेको भारतीय समाचारमाध्यमले उल्लेख गरेका छन् । एजेन्सी ।