तपाइँले दुनियामा विभिन्न अनौठा भवनहरु आफ्नै आँखाले वा फोटोमै भएप्नि देख्नुुभएको होला ।

Advertisement

आर्किटेक्ट इन्जिनियरहरु पछिल्लो समयमा यस्ता भौतिक संरचनाको डिजाइन गरिरहेका छन् जसले दुनियालाई नै अचम्मित पार्दछ ।

नयाँ प्रविधि र निर्माणको तौरतरिकाले देख्दै असम्भव लाग्ने भवनहरु ठड्याउन सम्भव भएको छ ।

दुनियामा एउटा यस्तै चर्च छ, जहाँ मानिसहरु प्रार्थना गर्न कम र यसको सुन्दरता हेर्न बढि जान्छन् ।

के तपाइँले कहिल्यै हिल चप्पल आकारको चर्च देख्नुुभएको छ ? यो चर्च ताइबानको बुदाइ क्षेत्रमा रहेको छ ।

धातु र निलो काँचबाट बनेको यो चर्च कुनै ठूलो हिल चप्पलको आकारमा निकै सुन्दर ढंगले बनाइएको छ ।

यो कुनै पानीमाथि तैरिरहेको जुत्ता जस्तो प्रतीत हुन्छ । सत्र मिटर अग्लो यो भवन हजारौँ डण्डी तथा सयौँ निलो काँचका टुुक्राहरुबाट बनेको छ ।

यो चर्च पर्यटनको केन्द्र बनेको छ अहिले र यसलाई हेर्नका लागि वर्षेनी ठूलो संख्यामा पर्यटक आउँछन् त्यहाँ । एजेन्सी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!