धरानबाट ब्राउन सुगरसहित एक जना पक्राउ

धरानबाट ब्राउन सुगरसहित एक जना पक्राउ
सुनसरी । धरान उपमहानगरपालिका–८ तिनकुनेबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट चेकिङमा खटिएको प्रहरी टोलीले ईटहरीबाट धरान तर्फ जाँदै गरेको बा.४३ प.२९७३ नम्बरको मोटरसाईकलबाट लागुऔषध बरामद गरेको हो । चेकजाँच गर्ने क्रममा मोटरसाईकलको पछाडी सवार उदयपुरको त्रियुगा नगरपालिका–१० का १८ बर्षीय सुवास बिकको साथबाट १० ग्राम ब्राउनसुगर बरामद भएको प्रहर...

धनकुटाका बिद्यार्थीद्वारा मृगौलापीडितलाई सहयोग

धनकुटाका बिद्यार्थीद्वारा मृगौलापीडितलाई सहयोग
धनकुटा । धनकुटा बहुमुखी क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुले संखुवासभाको धर्मदेवी नगरपालिकाका मृगौलापीडित पुष्पबहादुर खत्रीलाई आर्थिक सहयोग गरेका छन् । नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समितिको अगुवाईमा ५१ हजार ५ सय संकलन गरी खत्रीलाई प्रदान गरिएको समिति सभापति करुणा कटुवालले जानकारी दिईन् । नेबिसंघका महामन्त्री कुन्दनराज काफ्लेले रकम हस्तान्तरण गरेका थिए । तीन वर्षदेखि मृगौलामा समस्या भएपछि ...

पाख्रीवासमा महिला पत्रकारको प्रदेश स्तरीय भेला, ९ बुँदे घोषणापत्र जारी

पाख्रीवासमा महिला पत्रकारको प्रदेश स्तरीय भेला, ९ बुँदे घोषणापत्र जारी
धनकुटा । पाख्रीवासमा सम्पन्न महिला पत्रकारहरुको प्रदेश नम्बर १ स्तरिय भेलाले ९ बुँदे पाख्रीवास घोषणापत्र जारी गरेको छ । पत्रकार महासंघ एक नम्बर प्रदेश समितिले आयोजना गरेको दुई दिने भेलाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि अंकुश लगाउने गरी संसदमा पेश भएको मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि, विज्ञापन सम्बन्धि नीति लगायत प्रेस स्वतन्त्रता विरोधी विधेयक तथा कानून तत्काल फिर्ता लिन माग गरेको छ...

१७ बर्षे ईशानको समाजसेवी कदम : गरिब बिरामीलाई ल्याएर नोबेलमा निःशुल्क उपचार

१७ बर्षे ईशानको समाजसेवी कदम : गरिब बिरामीलाई ल्याएर नोबेलमा निःशुल्क उपचार
बिराटनगर। मोरङको रंगेलीकी १९ बर्षीया अमृता थापा मगर कोशी अञ्चल अस्पतालको शै्यामा छटपटाईरहेकी थिईन् । मुटु, मृगौला र कलेजोमा समस्या देखिएर गम्भीर अवस्थामा पुगेकी मगरलाई थप स्तरीय अस्पतालमा लगेर उपचार गर्न डाक्टरले सुझाव दिए । तर, आर्थिक अभावका कारण मगर परिवारले अमृतालाई अन्यत्र लगेर उपचार गर्नसक्ने अवस्था थिएन । उपचार अभावले मृत्युको मुखमा पुगेकी अमृताको परिवारलाई साथ दिन १७ बर्षे ईशान शर्मा पुग...

झापाबाट १६ विदेशीलाई नेपाली नागरिकता दिएको खुलासा

झापाबाट १६ विदेशीलाई नेपाली नागरिकता दिएको खुलासा
झापा । आर्थिक चलखेल गरेर १६ विदेशीलाई झापाबाट नेपाली नागरिकता दिइएको खुलेको छ । गृह मन्त्रालयको छानबिनपछि नागरिकता वितरणमा संलग्न तीन कर्मचारीलाई निलम्बन गरी थप अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत गौरव ढुंगेल, नायब सुब्बा मेघराज निरौला र खरिदार तेजिन्द्र न्यौपानेलाई निलम्बन गरी छानबिन थालेको हो । ‘छानबिन भइरहेको छ, अन्तिम प्रतिवेदन आइसकेको छैन,’ गृह मन्त्रालय...

संखुवासभाको सिलिचोङमा प्रहरी र बिप्लव कार्यकर्तावीच गोली हानाहान

संखुवासभाको सिलिचोङमा प्रहरी र बिप्लव कार्यकर्तावीच गोली हानाहान
संखुवासभा । संखुवासभामा आज प्रहरी र नेत्रविक्रम चन्द समूहबीच झडप भएको छ । प्रहरीको गस्ती टोली माथि सिलिचोङ गाउँपालिका १ सिसुवाखोलाको हेयाङ्ला भन्ने स्थानमा सो समूहले आक्रमण गरेपछि केहीबेर गोली हानाहान भएको प्रहरीले जनाएको छ । कुनै क्षति भने नभएको प्रहरीले बताएको छ । उनीहरु २५ जना भन्दा बढीको समूहमा रहेको स्थानीयले जनाएका छन् । प्रहरीले जवाफी फायरिङ्ग खोलेपछि चन्द समूहका कार्यकर्ता भागेको प्रमुख...

चौबिसे गाउँपालिकाको बजेट ३६ करोड : शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्राथमिकता

चौबिसे गाउँपालिकाको बजेट ३६ करोड : शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्राथमिकता
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्राथमिकतामा राखेर ३६ करोड ४७ लाख ९१ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । बजेटमा आन्तरिक आयतर्फ १८ करोड ७६ लाख ९१ हजार र सशर्ततर्फ १७ करोड ७१ लाख छ । शिक्षातर्फ १ करोड २० लाख ९० हजार र स्वास्थ्यमा ५६ लाख ४४ हजार विनियोजन गरिएको छ । त्यस्तै कृषितर्फ ५५ लाख, पशुमा २० लाख, खेलकुद तथा सांस्कृतिक ...

भेडेटारमा ट्रेड युनियनको प्रदेश स्तरीय कार्यक्रम

भेडेटारमा ट्रेड युनियनको प्रदेश स्तरीय कार्यक्रम
धनकुटा । नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश कार्य समितिको बैठक तथा क्षमता विकास तालिम भेडेटारमा सम्पन्न भएको छ । बैठकले ट्रेड युनियन कांग्रेसलाई अझ सशक्त बनाउदै विभिन्न कार्यक्रम संचालन गर्ने लगायत निर्णय गरेको युनियनका धनकुटा अध्यक्ष विगेन्द्र याक्खाले जानकारी दिए । कार्यक्रममा युनियनका प्रदेश अध्यक्ष नारायणबाबु कार्की, महाधिवेशन प्रतिनिधि विजय सन्तोषी राई, उदयपुर अध्यक्ष केदार कटुवाल लगायतले...

संखुवासभाबाट भरूवा बन्दुकसहित पक्राउ

संखुवासभाबाट भरूवा बन्दुकसहित पक्राउ
संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका–६ बाट भरूवा बन्दुकसहित एक पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा वाना प्रहरीले पाँचखपन–६ का २९ वर्षीय जगत रानामगरलाई पक्राउ गरेको हो । रानाले घरभित्र लुकाइ ‘लोड’ गरेर राखेको भरूवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो । रानामगरलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

देशभर बृक्षारोपण दिवस मनाईदै : धनकुटामा पनि रोपियो बिरुवा

देशभर बृक्षारोपण दिवस मनाईदै : धनकुटामा पनि रोपियो बिरुवा
धनकुटा । राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा आज देशभर बृक्षारोपण कार्यक्रम गरिदैछ । सरकारले असार १४ गतेलाई राष्ट्रिय बृक्षारोपण दिवस मनाउँने निर्णय गरेकाले आज बृक्ष रोपेर पहिलो राष्ट्रिय बृक्षारोपण दिवस मनाईदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौंको कलंकी–कोटेश्वर सडकखण्ड स्थित सडक किनारामा नासपातीको बिरुवा रोपेर अभियान सुभारम्भ गरेका छन् । यसैवीच दिवसको अवसरमा शनिबार धनकुटामा पनि बृक्षार...
error: Content is protected !!