ओखलढुंगामा बस दुर्घटना हुदा तीन जनाको मृत्यु, १९ घाइते

ओखलढुंगामा बस दुर्घटना हुदा तीन जनाको मृत्यु, १९ घाइते
ओखलढुंगा । ओखलढुंगाको मानेभज्याङ गाउँपालिका ६ डढुवामा बस दुर्घटना हुदाँ तीन जनाको घटना स्थलमै मृत्यु भएको छ । अन्य १९ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । काँकरभिट्टाबाट सोलुखुम्बु तर्फ आउँदै गरेको मे १ ख १८९१ नम्बरको बस सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाका गम्भीर घाइते तीन जनालाई हेलिकप्टरमार्फत काठमाण्डौ पठाईएको छ भने अन्यको उदयपुरको घुर्मी...

शहीद भीमनारायणलाई राज्यले बिर्सिएको गुनासो

शहीद भीमनारायणलाई राज्यले बिर्सिएको गुनासो
धनकुटा । शहीद भीमनारायण श्रेष्ठले लोकतन्त्र स्थापनाका लागि पुर्याएको योगदानलाई राज्यले उचित कदर गर्न नसकेको उनका आफन्त र शुभचिन्तकले गुनासो गरेका छन् । शहीद श्रेष्ठको ८३ औं जन्मजयन्तीका अवसरमा मंगलबार धनकुटाको भीमनारायण चौकमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् । नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा शहीद श्रेष्ठकी धर्मपत्नी लक्ष्मी देवी, छोरा मनोजनारायण, छोरी ...

विराटनगरमा वडाध्यक्ष कुटिए

विराटनगरमा वडाध्यक्ष कुटिए
विराटनगर । विराटनगर महानगरपालिका–१५ का वडाध्यक्ष असलाम आलममाथि कुटपिट भएको छ । स्थानीय प्रजातन्त्र मार्गको भित्री सडकको नाला निर्माण गर्ने क्रममा उत्पन्न विवादमा वडाध्यक्ष आलममाथि कुटपिट भएको छ । सडक विस्तार गर्ने क्रममा नाला बनाउँदा आफ्नो जग्गा बढी खनिएको भन्दै आक्रोसित स्थानीय दुई युवाले उनीमाथि हेल्मेट प्रहार गरेका हुन् । यस विषयमा लामो समयदेखि विवाद थियो । सडक विस्तारमा विवाद भएपछि छलफलका ल...

धनकुटामा ‘पूर्वाञ्चल गट ट्यालेन्ट सिजन थ्री’ हुँने

धनकुटामा ‘पूर्वाञ्चल गट ट्यालेन्ट सिजन थ्री’ हुँने
धनकुटा । कला सस्कृतिको जर्गेना गर्ने उद्धेश्यले धनकुटामा ‘पूर्वाञ्चल गट ट्यालेन्ट सिजन थ्री’ हुँने भएको छ । एकल गायन र नृत्य बिधाको प्रतियोगिताका लागि धनकुटासहित प्रदेश नम्बर १ का ८ जिल्लामा अडिसन हुँदैछ । असार २८ गते उदयपुर, साउन ३ गते झापा, ४ गते बिराटनगर, ११ गते ईटहरी, १८ गते भोजपुर र संखुवासभाको खाँदवारी, २० गते तेह्रथुमको बसन्तपुर र साउन २५ गते धनकुटाको टुडिखेलमा अडिसन गरिने आयोजक टिन्स क्रि...

‘पूर्वाञ्चल सिङ्गिङ स्टार’ र ‘मिस स्टेट-१’ को तयारी

‘पूर्वाञ्चल सिङ्गिङ स्टार’ र ‘मिस स्टेट-१’ को तयारी
उदयपुर। मोफसलकै सर्वाधिक लोकप्रिय, सौन्दर्य तथा गायन प्रतियोगिता ‘पूर्वाञ्चल सिङ्गीङ स्टार’ र ‘मिस स्टेट–१’ साउन पहिलो सातादेखि शुरु हुने भएको छ । गायनतर्फ सातौँ तथा सौन्दर्यतर्फ दोस्रो संस्करणको प्रतियोगिताका लागि ४ गतेदेखि पहाडी जिल्ला पाँचथरबाट अडिशन थालिने भएको हो । प्रतिस्पर्धामार्फत प्रतिभालाई उचित ‘प्लेटफर्म’ उपलब्ध गराउदै आएको पूर्वाञ्चल बागीना कला केन्द्र धरानले यसवर्ष पनि नयाँ प्रतिभा...

धरानबाट ब्राउन सुगरसहित एक जना पक्राउ

धरानबाट ब्राउन सुगरसहित एक जना पक्राउ
सुनसरी । धरान उपमहानगरपालिका–८ तिनकुनेबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट चेकिङमा खटिएको प्रहरी टोलीले ईटहरीबाट धरान तर्फ जाँदै गरेको बा.४३ प.२९७३ नम्बरको मोटरसाईकलबाट लागुऔषध बरामद गरेको हो । चेकजाँच गर्ने क्रममा मोटरसाईकलको पछाडी सवार उदयपुरको त्रियुगा नगरपालिका–१० का १८ बर्षीय सुवास बिकको साथबाट १० ग्राम ब्राउनसुगर बरामद भएको प्रहर...

धनकुटाका बिद्यार्थीद्वारा मृगौलापीडितलाई सहयोग

धनकुटाका बिद्यार्थीद्वारा मृगौलापीडितलाई सहयोग
धनकुटा । धनकुटा बहुमुखी क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुले संखुवासभाको धर्मदेवी नगरपालिकाका मृगौलापीडित पुष्पबहादुर खत्रीलाई आर्थिक सहयोग गरेका छन् । नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समितिको अगुवाईमा ५१ हजार ५ सय संकलन गरी खत्रीलाई प्रदान गरिएको समिति सभापति करुणा कटुवालले जानकारी दिईन् । नेबिसंघका महामन्त्री कुन्दनराज काफ्लेले रकम हस्तान्तरण गरेका थिए । तीन वर्षदेखि मृगौलामा समस्या भएपछि ...

पाख्रीवासमा महिला पत्रकारको प्रदेश स्तरीय भेला, ९ बुँदे घोषणापत्र जारी

पाख्रीवासमा महिला पत्रकारको प्रदेश स्तरीय भेला, ९ बुँदे घोषणापत्र जारी
धनकुटा । पाख्रीवासमा सम्पन्न महिला पत्रकारहरुको प्रदेश नम्बर १ स्तरिय भेलाले ९ बुँदे पाख्रीवास घोषणापत्र जारी गरेको छ । पत्रकार महासंघ एक नम्बर प्रदेश समितिले आयोजना गरेको दुई दिने भेलाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि अंकुश लगाउने गरी संसदमा पेश भएको मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि, विज्ञापन सम्बन्धि नीति लगायत प्रेस स्वतन्त्रता विरोधी विधेयक तथा कानून तत्काल फिर्ता लिन माग गरेको छ...

१७ बर्षे ईशानको समाजसेवी कदम : गरिब बिरामीलाई ल्याएर नोबेलमा निःशुल्क उपचार

१७ बर्षे ईशानको समाजसेवी कदम : गरिब बिरामीलाई ल्याएर नोबेलमा निःशुल्क उपचार
बिराटनगर। मोरङको रंगेलीकी १९ बर्षीया अमृता थापा मगर कोशी अञ्चल अस्पतालको शै्यामा छटपटाईरहेकी थिईन् । मुटु, मृगौला र कलेजोमा समस्या देखिएर गम्भीर अवस्थामा पुगेकी मगरलाई थप स्तरीय अस्पतालमा लगेर उपचार गर्न डाक्टरले सुझाव दिए । तर, आर्थिक अभावका कारण मगर परिवारले अमृतालाई अन्यत्र लगेर उपचार गर्नसक्ने अवस्था थिएन । उपचार अभावले मृत्युको मुखमा पुगेकी अमृताको परिवारलाई साथ दिन १७ बर्षे ईशान शर्मा पुग...

झापाबाट १६ विदेशीलाई नेपाली नागरिकता दिएको खुलासा

झापाबाट १६ विदेशीलाई नेपाली नागरिकता दिएको खुलासा
झापा । आर्थिक चलखेल गरेर १६ विदेशीलाई झापाबाट नेपाली नागरिकता दिइएको खुलेको छ । गृह मन्त्रालयको छानबिनपछि नागरिकता वितरणमा संलग्न तीन कर्मचारीलाई निलम्बन गरी थप अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत गौरव ढुंगेल, नायब सुब्बा मेघराज निरौला र खरिदार तेजिन्द्र न्यौपानेलाई निलम्बन गरी छानबिन थालेको हो । ‘छानबिन भइरहेको छ, अन्तिम प्रतिवेदन आइसकेको छैन,’ गृह मन्त्रालय...
error: Content is protected !!