धनकुटामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र परिवारका सदस्यमा पनि भेटियो कोरोना संक्रमण

धनकुटामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र परिवारका सदस्यमा पनि भेटियो कोरोना संक्रमण
धनकुटा । मंगलबार साँझ धनकुटाका थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी र एक जना स्वास्थ्यकर्मीका आफन्तमा कोरोना संक्रमण पुष्टि भएको हो । २८ र २९ बर्षीय स्वास्थ्यकर्मी पुरुष, २४ बर्षीया स्वास्थकर्मी महिला, ३५ बर्षीय सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका ३७ बर्षीय पुरुष आफन्तमा संक्रमण पुष्टि भएको स्रोतले संगालोखबरलाई जानकारी दिएको छ । धरान स्थित वीपी कोईराला स्...

धनकुटाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

धनकुटाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि
धनकुटा । धनकुटाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मंगलबार साँझ गरिएको परीक्षणका क्रममा ५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । जिल्ला अस्पतालमा कार्यरत ३४ बर्षीया स्वास्थ्यकर्मी महिलामा आईतबार कोरोनाको संक्रमण भेटिएपछि उनको सम्पर्कमा पुगेका ८३ जनाको सोमबार स्वाब संकलन गरी धरान पठाईएको थियो । संक्रमित स्वास्थ्यकर्मीबाट अरुमा पनि...

सुनसरीबाट ठूलो परिमाणमा लागुऔषधसहित एक जना पक्राउ

सुनसरीबाट ठूलो परिमाणमा लागुऔषधसहित एक जना पक्राउ
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ बाट ठुलो परिमाणमा लागुऔषधसहित १ जना पक्राउ परेका छन् । आज बिहान साँढे ४ बजे ईलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको प्रहरी टोलीले हरिनगरा गाउँपालिका–१ लब्टोलियाबाट हरिनगरा–७ का २१ बर्षीय भोला भनिने नरेश कुमार यादवलाई लागुऔषधसहित पक्राउ गरेको हो । पक्राउ परेका यादवको साथबाट प्रहरीले अवैध लागुऔषध नुफिन–५८० एम्पुल, डाईजेल्याब–५६० एम्पुल र फेनारगन–५६० एम्पु...

बन्चरोले हानेर बाबुको हत्या गरी फरार भएकी छोरी पक्राउ

बन्चरोले हानेर बाबुको हत्या गरी फरार भएकी छोरी पक्राउ
इलाम । बाबुको हत्या गरेर फरार भएकी ईलामको देउमाइ–६ शान्तीडाँडाकी २५ बर्षीया शुष्मा राईलाई प्रहरीले पक्राउ गरेको छ । बादबिबादका क्रममा शुष्माले गएराती करिव ११ बजे आफ्नै बाबु ५१ बर्षीय फुलबहादुर राईलाई टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेकी थिईन् । बाबुको हत्या गरेर जंगलमा गई लुकिरहेको अवस्थामा आज प्रहरीले उनलाई पक्राउ गरेको हो । आफन्तले घटनाको जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । हत...

सुनसरीका थप दुई जनामा कोरोना संक्रमण पुष्टि, सशस्त्र प्रहरीमा पनि भेटियो संक्रमण

सुनसरीका थप दुई जनामा कोरोना संक्रमण पुष्टि, सशस्त्र प्रहरीमा पनि भेटियो संक्रमण
सुनसरी । मंगलबार बिहान सुनसरी जिल्लाका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान स्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा दुई पुरुषमा संक्रमण भेटिएको हो । परीक्षणका क्रममा सुनसरीको ईटहरी उपमहानगरपालिका–२ का १८ बर्षीय पुरुष र सनसरीको भारतीय सिमावर्ती क्षेत्रमा कार्यरत एक सशस्त्र प्रहरी जवानमा संक्रमण फेला परेको स्रोतले जनाएको छ । यसअघि सोमबार पनि सुनसरीका ...

इलाममा छोरीद्वारा बाबुको हत्या

इलाममा छोरीद्वारा बाबुको हत्या
इलाम । ईलाममा छोरीले आफ्नै बाबुको हत्या गरेकी छन् । इलामको देउमाइ नगरपालिका–६ शान्तिडाँडाकी सुस्मा राइले ५२ बर्षीय बुवा फुलबहादुर राईको हत्या गरेको प्रहरीले जनाएको छ । गएराती घटना भएको हो । हत्याको कारण खुल्न वाँकी छ । घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल गएको छ । घटनाको बिषयमा अनुसन्धान भईरहेको मंगलबारे प्रहरीले जनाएको छ ।

धनकुटामा स्वाब लिन ल्याबको टोलीसहित आए मन्त्री घिमिरे, ८३ जनाको स्वाब संकलन (भिडियोसहित)

धनकुटामा स्वाब लिन ल्याबको टोलीसहित आए मन्त्री घिमिरे, ८३ जनाको स्वाब संकलन (भिडियोसहित)
धनकुटा । कोरोना परीक्षणका लागि सोमबार धनकुटाका ८३ जनाको स्वाब संकलन गरिएको छ । जिल्ला अस्पतालमा कार्यरत ३४ बर्षीया स्वास्थ्यकर्मी महिलामा आईतबार कोरोना संक्रमण पुष्टि भएसँगै उनको सम्पर्कमा पुगेकाहरुको स्वाब संकलन गरिएको हो । स्वाब संकलनका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशकसहितको टोली लिएर प्रदेश नं.१ का सामाजिक विकास मन्त्री जीवन घिमिरे धनकुटा आएका छन् । स्वास्थ्यकर्मीमा संक्रमण देखि...

धनकुटाकी कोरोना संक्रमितसँगै भएका छोराको रिपोर्ट नेगेटिभ

धनकुटाकी कोरोना संक्रमितसँगै भएका छोराको रिपोर्ट नेगेटिभ
धनकुटा । धनकुटाकी कोरोना संक्रमित स्वास्थ्यकर्मी महिलासँगै भएका उनका छोरामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । बिराटनगर स्थित कोशी अस्पतालको प्रयोगशालामा सोमबार दिउँसो पीसीआर परीक्षण गर्दा बच्चाको रिपोर्ट नेगेटिभ आएको हो । धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आईतबार गरिएको स्वाब परीक्षणका क्रममा धनकुटा अस्पतालमा कार्यरत ३४ बर्षीया स्वास्थ्यकर्मी महिलामा कोरोना संक्रमण पुष्टि...

श्रीमतीकै योजनामा औषधि व्यवसायी दुलालको हत्या, तीन जना पक्राउ

श्रीमतीकै योजनामा औषधि व्यवसायी दुलालको हत्या, तीन जना पक्राउ
बिराटनगर । श्रीमतीकै योजनामा बिराटनगरका औषधि व्यवसायी देवीप्रसाद दुलालको हत्या भएको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार अपरान्ह अनलाइनमार्फत पत्रकार सम्मेलन गर्दै श्रीमती मिना श्रेष्ठ दुलालकै योजनामा ३३ बर्षीय दुलालको हत्या भएको जनाएको छ । प्रहरीको अनुसन्धानका क्रममा मिनाले अन्य दुई युवालाई साथमा लिएर दुलालको हत्या गरेको देखिएको मोरङका प्रहरी प्रमुख एस्पी विश्व अधिकारीले जानकार...

मोरङका थप एक जनामा कोरोना संक्रमण पुष्टि

मोरङका थप एक जनामा कोरोना संक्रमण पुष्टि
बिराटनगर । सोमबार दिउँसो मोरङका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिराटनगर स्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा मोरङको रतुवामाई नगरपालिकाका २४ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्रोतले संगालोखबरलाई जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०५ पुगेको छ । जसमध्ये दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।  यसअघि हिजो बिराटनगरका दुई जना र धनकुटा...
error: Content is protected !!