संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

विराटनगर । विराटनगर महानगरपालिका–१५ भट्टाचौकमा आज करेन्ट लागेर एक भारतीय मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको जोगबनी हाजिमहला घर भई विराटनगर–१७ रानी बस्तीमा डेरा गरी बस्ने २५ बर्षीय तावारुल आलम छन् ।

भट्टाचौकमा निर्माणाधिन बजरङ्वली मन्दिरमा दिउँसो १ बजे रड बान्ने तार काट्ने क्रममा मेसिनबाट करेन्ट लाग्दा उनी गंभीर घाइते भएका थिए । न्यूरो अस्पतालमा उपचारका क्रममा दिउँसो साढे १ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!