संगालोखबर सम्वाददाता

खोटाङ, २९ मंसिर । खोटाङको तुवाचुङ नगरपालिका–८ स्थित धितुङमा आगलागी हुँदा एउटा घर र मतान जलेर नष्ट भएको छ । स्थानीय मित्रमान राईको घर आगलागीमा जलेर नष्ट भएको हो ।

Advertisement

आगलागीबाट खरको छाना भएको तिन तले घर र एक तले मतानसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा परी घर भित्रका सम्पुर्ण समान जलेर नष्ट भएका छन् । मतानमा रहेका १४ वटा चौपाया पनि जलेका छन् ।

प्रहरी र स्थानीयबासीले आगो निभाएका थिए । आगलागीबाट करिव १६ लाख ४८ हजार बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!