गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटाको चौविसे गाउँपालिका–७ मौनावुधुकमा शनिवार खेल्ने क्रममा डोरीमा झुण्डिएर घँटेसी लाग्दा एक बालिकाको मृत्यु भएको छ । अपरान्ह करिब ४ बजे डोरीमा झुण्डिएर खेल्ने क्रममा घाँटीमा पासो लाग्दा मौनावुधुकका भीखराज लिम्वूकी नौं बर्षीया छोरी कुनसाङको मृत्यु भएको हो ।

Advertisement

घाँस झुण्डियाएर बाख्रालाई खुवाउँनका लागि राखिएको डोरीमा झुण्डिने क्रममा पासो लाग्दा बालिकाको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख गोविन्द अधिकारीले जानकारी दिए । ‘बाख्रालाई घाँस दिनका लागि डोरी झुण्ड्यिाइएको रहेछ । त्यही डोरीमा झुण्डिएर खेल्ने क्रममा घाँटीमा डोरी परेका बेला भुइमा टेकेको खोरको काठ चिप्लिएर पासो लागेछ,’ एसपी अधिकारीले संगालोखबरसँग भने, ‘हेर्दा आत्महत्या जस्तो देखिन्छ । तर, खेल्ने क्रममा ख्याल–ख्यालमै पासो लाग्नाले बालिकाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।’

घरका अन्य सदस्य बाख्राको खोरबाट बारीमा बड्किउँला ओसार्दै थिए । बालिका पनि अरुसँग सँगसँगै थिइन् । अरु बारीमा पुगेका बेला बालिकालाई घटेसी लागेको हो । खोरमा आइपुग्दा बालिका झुण्डिएको अवस्थामा भेटेपछि परिवारका सदस्यले डोरी काटेर बचाउँने प्रयास गरेका थिए । तर, उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!