संगालोखबर सम्वाददाता

इटहरी । इटहरी उपमहानगरपालिकाले विपन्न परिवारलाई कम्वल वितरण गरेको छ । जाडोमा न्यानो प्रदान गर्नका लागि इटहरी–१७ को विपन्न बस्तीका सय जनालाई कम्वल वितरण गरिएको हो ।

Advertisement

इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा र वडा नम्वर १७ का वडाध्यक्ष भगवानलाल साहुले कम्वल वितरण गरेका हुन् । अरु वडाका विपन्न वस्तिमा पनि कम्वल वितरण गरिने वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीले बताए ।

विगत केही दिनदेखि वढेको जाडोले जनजीवन प्रभावित भएको छ । अझ विपन्न नागरिकको दैनिकी कष्टकर बन्दै गएको छ । जाडोबाट बचाउँनका लागि महानगरले आगो बालेर ताप्न चौक आसपास तथा विपन्न वस्तिहरुमा दाउरासमेत वितरण गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!