
धनकुटा । धनकुटामा आज एकैदिन १९ जना कोरोना संक्रमित थपिएका छन् । बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा १३ प्रहरी र ६ जना सर्वसाधरण रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले संगालोखबरलाई जानकारी दिए । संक्रमित सबै प्रहरी जवान पुरुष छन् । उनीहरु हालै सरुवा भएर धनकुटा आएका हुन् । दुरसञ्चार प्राधिकरणमा काम गर्ने चार जना र धनकुटा बजारका दुई जनामा संक्रमण पत्ता लागेको छ । धनकुटामा एकैदिन संक्रमण पुष्टि भएको यो नै सबैभन्दा ठूलो संख्या हो ।
योसँगै धनकुटामा हालसम्म कोरोना संक्रमण पुष्टि हुँनेको संख्या ३९ पुगेको छ । जसमध्ये १७ जना निको भईसकेका छन् । दुई जनाको मोरङको गोठगाउँस्थित कोभिड अस्पताल र एक जनाको बिराटनगरस्थित कोभिड अस्पतालमा उपचार भईरहेको छ ।
यो पनि पढ्नुहोस्…















