Sangalo Khabar

प्रत्येक वर्ष सयौं बढि पात्राहरु फेरिए
दिनसगै महिना फेरिए
हाम्रो रुप आयु फेरियो
खै त दुखका पत्रहरु फेरिएका
खै त ! भरियाका काधका खत फेरिएका

भोजराज जमरकट्टेल – नेचा सल्यान-४ सोलुखुम्बु, हाल विराटनगर-१९

जनताको पसिनामा
नेताका भाषण शाषण फेरिए
नेताका मान्छे भत्ता राषन फेरियो
खै त भुकम्प पिडितका छाना फेरिएका
पात्रोहरुसगै नेताका मुहारहरु फेरिए
खै त ! देशको ढिकुटिको मुहान फेरिएका

Advertisement

हर साझ सुख दुःख अगेनीमा फेरिन्थ्यो
आजकाल सुख दुःख भट्टीमा रङ्गीदैछन
नौ जवानहरु मरुभुमीमा सेकिदैछन
अनेक तन्त्रका नाममा जनताका नयनमा धुलो छरेर
हर वसन्तमा नेताका कोट र पँजेरो फेरिदैछन
खै त ! गरिबका झुपडी अगाडीका गल्ली चाक्लीएका

नयाँ वर्ष मनाउने शैलीहरु फेरिए
लेख्ने सायरी सगैँ सारी फेरिए
खै त कर्णालीका मुजा परेका मुहार फेरिएका
न्यायलयमा कयौँ नेतृत्व र ठेलि फेरिए
खै त ! तिनीहरुका बोलीमा न्याय पोतिएका

शहरमा के हुन्छ गामलाई के थाहा
गाममा के हुन्छ हामलाई के थाहा
आधुनिक सिताहरु घरमै रावण बोलाउछन
साहुको ऋण तिर्न पदेश गएका विचरा रामलाई के थाहा
मरुभुमीको पसिनाले छिमेकी रावणको रुप फेरिए

जनता सिटामोल नपाएर मरिरहेका छन
नेताका पेट र मुहारमा बोसो थपिदोछ
जनता मेरो पाटी र तेरो पाटीको लडाईमा छन
विमानस्थलमा कफनका तातीले आमा मृत्युको सँघारमा छिन

तर अपशोचमा म बाध्य छु,…..!! !!
नयाँ वर्षले तपाईँ हाम्रो जिवनमा सुख शान्ति र समृद्धी ल्यायोस,
यहि छ मेरो नयाँ वर्षको शुभकामना भन्न्नलाई………!! !!

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement