आज भ्यालेन्टाइन्स विकको दोस्रो दिन हो, अर्थात् प्रपोज डे । यदि तपाईं आज कसैलाई प्रपोज गर्दै हुनुहुन्छ भने हतार नगर्नुहोस् । नेपाली उखान नै छ ‘हतारमा लतार’ अर्थात् हड्बडीको काम हुन्छ गड्बडी ।

Advertisement

आज हामी तपाईंलाई प्रपोज गर्ने चक्करमा युवाबाट कस्ता गल्ती हुनसक्छन् भन्ने बारे जानकारी दिइएको छ ।

आजकाल मानिसहरु सोसल मिडियामार्फत आफ्नो प्रेम दर्साउने गर्छन् । यस्तो नगर्नुहोस् । यस्तो गर्दा तपाईंले प्रपोज गर्नेबेला तपाईंको पार्टनरको दिमागमा के चलिरहेको छ वा त्यसपछि उनको प्रतिक्रिया कस्तो हुन्छ भन्नेबारे तपाईंले कहिले पनि जान्न पाउनुहुन्नँ ।

धेरैपटक प्रपोजको क्रममा युवाहरु पार्टनरको निकै नजिक हुन खोज्छन्, जुन गल्ती हो । यस्तो गर्नबाट बच्नुहोस् । आफ्नो पार्टनरलाई राम्रोसँग बुझेपछि मात्र मनको कुरा भन्नुहोस् ।

यदि तपाईंको पार्टनर तपाईंको प्रपोजलमा कुनै प्रतिक्रिया दिँदैनन् वा तपाईंलाई अस्विकार गर्छन् भने यो स्वभाविक हो कि तपाईं यसको कारण जान्न चाहनुहुन्छ । यस्तोमा तपाईं निकै सामान्य तरिकाले कारण जान्ने कोसिस गर्नुहोस् ।

यदि तपाईं कसैलाई प्रपोज गर्ने सोचमा हुनुहुन्छ भने यसबारे धेरैलाई जानकारी नदिनुहोस् । तपाईंको पार्टनरलाई यो कुरा राम्रो नलाग्न सक्छ । यदि तपाईं ‘रिजेक्ट’ हुनुभयो भने पनि तपाईं मजाकको पात्र बन्न सक्नुहुनेछ ।

केही मानिसहरु प्रपोज गर्नेबित्तिकै मिडियामा आफ्नो स्टेटट परिवर्तन गरिहाल्छन् । तर तपाईं यो गल्ती नगर्नुहोस् । यसबारे आफ्नो पार्टनरसँग छलफल गर्नुहोस् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!