कमलदीप तिगेला (लिम्बु)
धनकुटा–६ फोक्लेण्डटापु ।

सन्चो बिसन्चो के छ भनी सोध्दै गर है
कहिले काहीँ कोशी पारि पनी तर है!

धर्ती फाटे पनि यो मन फाट्ने छैन
साचेकै छु तिम्रो माया सोध्दै गर है!

हजारौ होलान साथी संगी तिमी सँग त
आउन लाई गार्हो होला माया नमार है!

बसन्त को आगमन सँगै गुराँस फुले को छ
तिम्रै आस मा यो मन पनि त्यसै भुल्लेको छ!

सन्चो बिसन्चो के छ भनी सोध्दै गर है
कहिलेकाही पारी गाउँ मा नि तर्दै गर है!

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!