संगालोखबर


विराटनगर । विराटनगरबाट अवैध कस्मेटिक सामानसहितको ईभी गाडी सशस्त्र प्रहरीले बरामद गरेको छ । विराटनगर-१५ रानीस्थित १ नम्बर ढाटबाट भारतबाट नेपालतर्फ आउँदै गरेको ब १ प्र ०१-०३० च ८१८२ नम्बरको गाडी सशस्त्रले बरामद गरेको हो ।

नेपाल सीमा सुरक्षा गुल्म रानीबाट खटिएको सशस्त्र प्रहरीले शंकास्पद लागेपछि गाडीलाई रोकेर चेकजाँच गरेको थियो ।

Advertisement

चेकजाँचका क्रममा गाडीको अगाडिको डिक्कीमा लुकाएर राखेको अवस्थामा अवैध कस्मेटिक सामान फेला परेको सशस्त्रले जनाएको छ ।

५० लाख मूल्य बराबरको गाडी र १ लाख पाँच हजार मूल्य बराबरको कस्मेटिक सामान बरामद भएसँगै चालकलाई नियन्त्रणमा लिएर सिमा सुरक्षा गुल्म रानीमा राखिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्रका अनुसार बरामद सामान भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!