संगालोखबर

विराटनगर । विराटनगरमा बाख्रा चोर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-३ का ३६ वर्षीय प्रकाश राजवंशी र २४ वर्षीय श्याम राजवंशी छन् ।

Advertisement

उनीहरूको घरबाट प्रहरीले दुई वटा खसी, एउटा बाख्रा र दुई वटा पाठा नियन्त्रणमा लिएको छ । गत कात्तिक ११ गते राती विराटनगर ४ को एउटा घरबाट खसी र बाख्रा हराएको थियो । कात्तिक १४ गते राती पनि विराटनगर-३ को एउटा घरबाट खसी, बाख्रा र पाठा चोरी भएको थियो ।

हराएका ती खसी बाख्रा र पाठा प्रकाश र श्याम राजवंशीको घरमा रहेको जानकारी पाएपछि प्रहरीले घरमा खानतलासी गरेको थियो । सो क्रममा घरमा लुकाएर राखेको अवस्थामा खसी, बाख्रा र पाठा फेला परेपछि चोरीमा संलग्न दुवै जनालाई पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

विराटनगरमा पछिल्लो समय चोरीका घटना दिनप्रतिदिन बढिरहेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!