
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-७ स्थित राम्चेडाँडाबाट विश्वकै होचो अरुण उपत्यकादेखि अग्ला हिमश्रृङ्खलासम्म देख्न सकिन्छ । जसका कारण मनोरम दृश्यावलोकनका लागि आन्तरिक पर्यटकहरू राम्चेडाँडा पुग्ने गरेका छन् ।
त्यहाँबाट देखिने अरुण उपत्यकाको समथर फाट र अग्ला हिमालको मनमोहक दृश्यले मन लोभ्याउने गरेको छ । समुद्र सतहदेखि करिब १४ सय मिटरको उचाइमा रहेको यो डाँडामा दृष्यावलोकनका लागि भ्यु टावर पनि निर्माण गरिएको छ ।
पर्यटकीय हिसाबले महत्वपूर्ण गन्तव्य भएपनि पर्याप्त प्रचारप्रचार हुन सकेको छैन । सोही कारण टाढा टाढाका मानिसहरू कमै पुग्ने गरेका छन् । तर, पुगेका मानिसहरू भने मनमोहक दृष्यका कारण लोभिने गरेका छन् ।




तस्वीरः सन्तोष सुवेदी/संगालोखबर

सन्तोष सुवेदी/संगालोखबर 
























