
धनकुटा । धनकुटा नगरपालिका-९ स्थित मुलघाट नजिक ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । हाईड्रोको केमिकल बोकेर सुनसरीको इटहरीबाट संखुवासभातर्फ जाँदै गरेको प्रदेश १-०२-००२ ख ०५९० नम्बरको ट्रक गएराती करिब २ः३० बजे दुर्घटना भएको हो ।
दुर्घटनामा परी ट्रक चालक इटहरी उपमहानगरपालिका ८ का २५ वर्षीय अभिषेक चौधरी र सह-चालक मोरङको सुन्दरहरैचा नगरपालिका-४ का १८ वर्षीय राहुल चौधरी घाईते भएका छन् ।

उनीहरूलाई उद्धार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको धनकुटाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए ।
ट्रक सडकबाट करिब ५० मिटर तल खसेको छ । घटनास्थलबाट ट्रकलाई सडकमा निकाल्ने प्रयास भइरहेको छ ।

संगालोखबर 
























