
विराटनगर । आज बडादशैँको मुख्य दिन विजया दशमी । नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट रातो टीका र जमरा लगाएर विजया दशमी मनाइँदैछ ।
दशैँ घर वा पूजाकोठामा नौ दिनसम्म पूजा-आराधना गरिएको जमरा मान्यजनबाट लगाउने चलन छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज बिहान १०ः२६ बजे टिकाको उत्तम साइत छ । बिहान ८ः४९ बजे देवी विसर्जनको साइत रहेको समितिले जनाएको छ ।
घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइने यो पर्वमा कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट आशीर्वाद लिने परम्परा छ ।


संगालोखबर 























