संगालोखबर


विराटनगर । मोरङको रतुवामाई नगरपालिका-५ गोविन्दपुरस्थित बक्राखोला बगरमा गोली चलाएर प्रहरीले गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारतको अररिया जिल्ला जोगबनीका ३९ वर्षीय प्रमोद चौधरी र अररिया जिल्ला महगामा ग्राम पञ्चायत थाना ४ का ५० वर्षीय राजेन्द्र प्रसाद यादव छन् ।

बिहीबार दिउँसो साढे १ बजे बक्राखोला बगरमा लुकाएर राखेको अवस्थामा प्रहरीले २६४ किलो गाँजा बरामद गरेको थियो । उक्त स्थानमा पुनः गाँजाको कारोबार हुन सक्ने आशङ्कामा प्रहरीले निगरानी बढाएको थियो ।

सोही क्रममा बिहीबार राति करिब ९ः२५ बजे केही मानिसहरू गाँजा बोकेर भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

उनीहरू भारततर्फ भाग्न खोजेपछि पहिला सानो हतियारबाट १ राउन्ड हवाई फायर गरिएको भएपनि नियन्त्रणमा नआएपछि पुनः अर्को राउन्ड हवाई फायर गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

चौधरीको घुँडामुनि पिँडुलामा गोली लागेर घाइते भएका छन् । यादवको साथबाट थप १०० किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवैजनालाई इलाका प्रहरी कार्यालय सिजुवामा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!