संगालोखबर


विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाको नयाँ प्रशासनिक भवनको उद्‌घाटन गरिएको छ । बुढीगंगा-४ हात्तीमुढामा ९ कठ्ठा दुई धुर जमिनमा निर्माण गरिएको तीन तले भवनको आज उद्‌घाटन गरिएको हो ।

नवनिर्मित भवनको गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले उद्‌घाटन गरेका हुन् । नयाँ प्रशासनिक भवन सञ्चालनमा आएसँगै अब गाउँपालिकाबाट प्रवाह हुने प्रशासनिक तथा नागरिक सेवाहरू थप व्यवस्थित, सहज र प्रभावकारी बन्ने गाउँपालिका अध्यक्ष थापा मगरले बताए ।

२०८१ साउनमा ठेक्का लागेर गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण सुरु भएको थियो । ८ करोड ७६ लाख ४० हजार लागतमा भवन निर्माण सम्पन्न भएको बुढीगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराईले जानकारी दिए ।

भवन निर्माणका लागि योगमाया कार्कीले जग्गा उपलब्ध गराएकी थिइन् । उद्‌घाटन समारोहमा जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी, राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!