संगालोखबर


विराटनगर । मोरङको कटहरीस्थित जीवन विकास सामुदायिक अस्पतालले आँखा उपचारका लागि १३ करोडको लगानीमा विशेष विभाग सञ्चालन गरेको छ ।

अस्पताल परिसरमा बेग्लै भवन निर्माण गरेर सञ्चालन गरिएको आँखा विभाग बिहीबार विश्व दृष्टि दिवसको अवसर पारेर औपचारिक उद्‌घाटन गरिएको हो ।

अस्पतालमा आयोजित कार्यक्रममा पूर्व सांसद एवं जीवन विकास अस्पतालका अध्यक्ष योगेन्द्र मण्डल, जीवन विकास समाजका अध्यक्ष रिबोलदेवी मण्डल, अस्पतालका संयोजक तेजस्वी मण्डल लगायतले रिबन काटेर विभाग उद्‌घाटन गरे ।

सो अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अस्पताल संयोजक तेजस्वी मण्डलले आँखाका बिरामीहरूलाई सहुलियत दरमा स्तरीय उपचार प्रदान गर्न बेग्लै भवनमा आँखा विभाग सञ्चालन गरिएको जानकारी दिए ।

एउटै छानामुनि सबै उपचार सेवा प्रदान गर्दै आएको जीवन विकास अस्पतालले आँखा उपचारलाई पनि विशेष प्राथमिकता दिँदै नयाँ विभाग थप गरेको हो ।

आँखा विभाग प्रमुख डा.हरिस यादवका अनुसार यो विभागबाट अब आँखा सम्बन्धी सामान्यदेखि जटिलसम्म सबै किसिमको उपचार सेवा प्रदान गरिनेछ ।

दक्ष चिकित्सक र अत्याधुनिक उपकरणको व्यवस्थापन मिलाएको जीवन विकास अस्पतालले जटिल उपचार पनि सफलतापूर्वक गर्दै आएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!