संगालोखबर


विराटनगर । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष विधिवत् रुपमा शुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृत गरेको पात्रोअनुसार आज प्रतिपदा तिथिको श्राद्ध गर्नुपर्नेछ ।

धर्मशास्त्रविद्का अनुसार सोह्र श्राद्ध दिउँसोको समयमा पितृको तिथिअनुसार तर्पण, सिदादान र पिण्डदान गरी गर्नुपर्ने शास्त्रीय विधान छ ।

असोज कृष्ण प्रतिपदादेखि असोज शुक्ल प्रतिपदासम्मका १६ तिथिमा दिवङ्गत पितृलाई सम्झेर श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो ।

कारणवश तोकिएको तिथिमा श्राद्ध गर्न नसके असोज कृष्ण औँसीदेखि असोज शुक्ल पञ्चमीसम्म तथा त्यसपछि अष्टमी, द्वादशी र औँसीलगायत विशेष तिथिमा गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविद्हरूले बताएका छन् ।

पितृ पक्ष सकिएसँगै दुर्गा पक्ष अर्थात् बडादसैँ शुरु हुने भएकाले दशैँअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने वैदिक सनातन परम्परा रहेको छ । यस वर्ष अधिकमासका कारण सोह्र श्राद्ध र बडादसैँ केही ढिला परेको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!