संगालोखबर


धनुषा । जनकपुरमा आगलागीमा परेर वृद्धको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका-८ रामानन्दचोकस्थित एक घरमा आगलागी हुँदा ७० वर्षीय वृद्ध किशोरी सहनीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार घरमा राति सबैजना सुतिरहेको बेला एक्कासि आगजनी भएको थियो । आगजनीमा परिवारका अन्य सदस्य भाग्न सफल भएपनि सहनी भाग्ने क्रममा लडेर आगजनीमा परेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

Advertisement

विद्युत सर्ट भएको आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक सहनी महोत्तरी नगरपालिका-२ निवासी अवकाश प्राप्त शिक्षक हुन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!