संगालोखबर


विराटनगर । विराटनगरमा ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । विराटनगर किङ्सको संयोजनमा सञ्चालन हुन लागेको प्रतियोगिता भोलिदेखि सुरु हुन लागेको हो ।

प्रतियोगितामा कोशी प्रदेशका पाँच जिल्ला मोरङ, सुनसरी, झापा, उदयपुर र इलामका टोलीहरू सहभागी छन् । प्रतियोगिता विराटनगरस्थित मेरिलेबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा सञ्चालन हुनेछन् ।

सार्वजनिक तालिकाअनुसार असोज ३ गते हुने उद्‌घाटन खेलमा बिहान ९ः१५ बजे मोरङ र उदयपुर भिड्नेछन् भने सोही दिन दिउँसो १ः१५ बजे सुनसरी र इलामबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै असोज ४ गते मोरङ र सुनसरी तथा झापा र उदयपुरबीच प्रतिष्पर्धा हुनेछ । असोज ५ गते उदयपुर र सुनसरी तथा इलाम र झापा भिड्ने छन् । असोज ६ गते उदयपुर र इलाम तथा झापा र मोरङबीच प्रतिस्पर्धा तय भएको छ ।

लिग चरणको अन्तिम दिन असोज ७ गते झापा र सुनसरी तथा इलाम र मोरङबीच प्रतिस्पर्धा हुने तालिका छ । स्थानीय स्तरमा क्रिकेट प्रतिभाको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!