संगालोखबर
ADVERTISEMENT

विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार छ सय रुपैयाँ बढेको हो ।

आज सुनको मूल्य प्रतितोला तीन लाख तीन हजार एक सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा एक सय २५ रुपैयाँ बढेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला चार हजार सात सय ७५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला चार हजार छ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!