संगालोखबर

विराटनगर । सामाजिक काममा सक्रिय रहँदै आएको लायन्स क्लब अफ विराटनगर सोसियलले शारीरिक रुपमा अशक्त व्यक्तिहरूलाई ह्विल चियर प्रदान गरेको छ । क्लबले मोरङको सुनवर्षी वडा नं. ५ झुंगिटोलका मानिकचन्द ऋषिदेव र वडा नं.२ अमरदहका हरिलाल ऋषिदेवलाई आज घरमै पुगेर ह्विल चियर प्रदान गरेको हो ।

पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारी, मल्टिपल काउन्सिल सदस्य लिला ढुंगेल, लायन्स क्लब अफ विराटनगर सोसियलका अध्यक्ष देवकिनन्दन अग्रवाल लगायतले ह्विल चियर हस्तान्तरण गरेका छन् ।

शारीरिक रुपमा अशक्त व्यक्तिहरूलाई हिँडडुल गर्न सहजताका लागि ह्विल चियर प्रदान गरिएको लायन्स क्लब अफ विराटनगर सोसियलका अध्यक्ष देवकिनन्दन अग्रवालले जानकारी दिए ।

लायन्स क्लब अफ विराटनगर सोसियलले आजै विराटनगर २ शंकरपुरस्थित नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि लागूऔषध दूव्र्यशनीबिरुद्धको सचेतना कार्यक्रम पनि सञ्चालन गरेको छ ।

तीनपैनीस्थित सामुदायिक प्रहरी सेवा केन्द्रसँग सहकार्य गरेर विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीहरूका लागि सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!