संगालोखबर

विराटनगर । मारवाडी युवा मञ्च विराटनगरले भोटेकोशी बाढी प्रभावितका लागि १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ । मञ्चले बाढीपीडितलाई राहत तथा पुर्नस्थापनाका लागि बुधबार सहयोग प्रदान गरेको हो ।

विपत्ति आइपरेका बेला सहयोग गर्नु सबैको दायित्व भएकाले सहयोग प्रदान गरिएको मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवानीले जानकारी दिए । उनका अनुसार नेपाल राष्ट्रिय मारवाडी युवा संगठनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गरिएको छ ।

२०४९ मा स्थापना भएको मारवाडी युवा मञ्च विराटनगर त्यसयता सामाजिक तथा मानवीय सेवामा सक्रिय रहँदै आएको छ ।

बाढीपछि हालसम्म यस्तो छ अपडेट

गत भदौं १० गते रसुवाको भोटेकोशीमा भीषण बाढी आउँदा ठूलो जनधनको क्षति भएको छ । बाढीमा परेर हालसम्म १ हजार ४ सय ३ जनाको मृत्यु भएको पुष्टि भएको छ । ६ हजार १ सय ५० जना अझै बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको छ । सो क्षेत्रबाट १३ हजार ७ सय ४२ जनाको उद्धार गरिएको छ ।

९ हजार ४ सय ९६ जना घाइते छन् । घटनापछि उद्धार तथा पुर्नस्थापनाका लागि २१ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । निजी क्षेत्रबाट पनि विभिन्न संघसंस्थाले सघाइरहेका छन् । देशभरबाट बाढीपीडितलाई सहयोग जुट्ने क्रम चलिरहेको छ ।

बाढीपीडितका लागि कोशी प्रदेशबाट पनि विभिन्न संघसस्था तथा व्यक्तिहरूले करोडौँ रकम सहयोग प्रदान गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!