संगालोखबर


विराटनगर । तेरापन्थ युवक परिषद्, विराटनगरको आयोजनामा ६ दिने ‘मेगा ब्लड डोनेसन ड्राइभ’ आयोजना हुने भएको छ । रक्तदानबारे जनचेतना अभिवृद्धि गर्दै बिरामीका लागि आवश्यक रगत सङ्कलन गर्ने उद्देश्यले भालिदेखि असोज ७ गतेसम्म शिविर सञ्चालन गर्न लागिएको हो ।

अभियानअन्तर्गत विराटनगरका विभिन्न औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरूमा चरणबद्ध रूपमा रक्तदान शिविर सञ्चालन गरिनेछ आयोजकले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

असोज २ गते तेरापन्थ भवन, असोज ३ गते भाटभटेनी, असोज ४ गते रघुपति जुट मिल लिमिटेड, असोज ५ गते रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, असोज ६ गते अरिहन्त मल्टिफाइबर्स लिमिटेड तथा असोज ७ गते सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्स र मार्बल पाइपिङ सिस्टम्समा रक्तदान कार्यक्रम सञ्चालन गरिने कार्यक्रम संयोजक पवन पारखले जानकारी दिए ।

तेरापन्थ युवक परिषद्, विराटनगरका अध्यक्ष अरिहन्त दुगरका अनुसार रगतको अभावका कारण कुनै पनि बिरामीले उपचारमा समस्या भोग्न नपरोस् भन्ने मुख्य उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!