संगालोखबर


विराटनगर । विराटनगरमा औषधि व्यवसायीका लागि कर सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपाल औषधि व्यवसायी संघ मोरङको आयोजना तथा आन्तरिक राजस्व कार्यालय विराटनगरको प्राविधिक सहयोगमा करसम्बन्धी सचेतना कार्यक्रम गरिएको हो ।

कार्यक्रममा कर प्रणाली, व्यवसाय सञ्चालनका क्रममा पूरा गर्नुपर्ने कानुनी दायित्व तथा कर प्रशासनसँग सम्बन्धित प्रक्रियाबारे व्यवसायीहरूलाई जानकारी गराइएको थियो । सो क्रममा व्यवसायीहरूले आफूहरूले भोग्दै आएका समस्या र कर सम्बन्धी जिज्ञासा राखेका थिए ।

नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकालले व्यवसायीहरूलाई करसम्बन्धी सचेतना जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । करसम्बन्धी नियम-कानुनबारे सही जानकारी हुँदा व्यवसायलाई पारदर्शी र व्यवस्थित बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।

आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख केशवकुमार उप्रेतीले कर प्रणालीलाई व्यवसायमैत्री बनाउने प्रयास भइरहेको उल्लेख गर्दै करदाता र कर प्रशासनबीच विश्वास तथा सहकार्यको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

कर अधिकृत योगेश भट्टराईले औषधि व्यवसायसँग सम्बन्धित कर प्रणाली, मूल्य अभिवृद्धि कर, स्थायी लेखा नम्बर, कर भुक्तानी प्रक्रिया, अभिलेख व्यवस्थापन र अन्य कानुनी प्रावधानबारे जानकारी गराएका थिए । उनले कर विवरण बुझाउने समयसीमा, आवश्यक कागजातको व्यवस्थापन तथा कर परीक्षणसँग सम्बन्धित प्रक्रियाबारे व्यवसायीहरूलाई जानकारी गराए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!