
विराटनगर । अदालतबाट सजाय तथा जरिवाना तोकिए पनि फरार रहँदै आएका १७ जना फरार प्रतिवादीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । फैसला कार्यान्वयन अभियानअन्तर्गत विभिन्न मुद्दामा दोषी ठहरिएका फरार प्रतिवादीहरूलाई बुधबार विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा जुवा मुद्दाका ६ जना, अभद्र व्यवहार मुद्दाका ९ जना, चेक अनादरका १ जना र लेनदेन मुद्दाका १ जना छन् । जुवा मुद्दामा विराटनगर महानगरपालिका-१ का बिनोद कार्की, विवेक सिंह थापा, बिनेश कार्की, अरुण कुमार गुप्ता, प्रदिप कुमार जैसवाल र अशोक कुमार गच्छदार पक्राउ परेका हुन् ।
त्यसैगरी अभद्र व्यवहार मुद्दामा प्रमोद मण्डल, मिक्लाजुङ गाउँपालिका-७ का सुरेन्द्र कुमार दाहाल, झापाका अरुण सुब्बा, कानेपोखरी गाउँपालिका-१ का देवलाल मुर्मु, विराटनगर-८ का आनन्द कुमार साह, विराटनगर-१२ का जितेन्द्र राजवंशी पक्राउ परेका छन् ।
अभद्र व्यवहारमै विराटनगर-१६ का शनिकुमार मण्डल र अमित कुमार मण्डल तथा धनपालथान–७ का तमजित अन्सारी पक्राउ परेका हुन् ।
यस्तै, चेक अनादर मुद्दामा विराटनगर-१० का गोकुल पाण्डे र लेनदेन मुद्दामा २ महिना कैद सजाय तोकिएका विराटनगर-१२ का देव नारायण मुसहरलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका सबै प्रतिवादीहरूलाई बुधबार नै फैसला कार्यान्वयनका लागि मोरङ जिल्ला अदालतमा बुझाइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

संगालोखबर 














