संगालोखबर


विराटनगर । विराटनगरबाट सशस्त्र प्रहरीले २० किलो गाँजासहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेडक्वार्टर कङ्कालिनी मोरङबाट खटिएको मोबाइल गस्ती टोलीले आज विराटनगर-७ भृकुटी चोक नजिकबाट एक जनालाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा खटिएको सशस्त्रको टोलीले धनकुटाको सहिदभूमि गाउँपालिका-५ का १९ वर्षीय अजित राईलाई पक्राउ गरेको छ ।

इटहरीबाट आएको बा ९६ प ४५२५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा सशस्त्रले दुई वटा कालो झोलामा राखिएको अवस्थामा २० किलो गाँजा बरामद गरेको हो ।

प्रहरीका अनुसार अजित गाँजा राखिएको झोला समातेर मोटरसाइकल पछाडि सवार थिए । मोटरसाइकल चालक फरार रहेकाले उनको खोजी तीव्र पारिएको प्रहरीको भनाइ छ ।

सशस्त्र प्रहरीले बरामद गाँजा, मोटरसाइकल र पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!