संगालोखबर

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित मोरङका पाँच सांसदले हालसम्म पनि सम्पत्ति विवरण नबुझाएको खुलेको छ । उनीहरूले हालसम्म पनि आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण नबुझाएका हुन् ।

पटक-पटक ताकेता गर्दा पनि सम्पत्ति विवरण नबुझाएका २७ सांसदहरूको नाम रास्वपाले सार्वजनिक गरेको छ । यसका एक/दुई जनाको नाम बढी हुनसक्ने रास्वपाले जनाएको छ ।

सम्पत्ति विवरण नबुझाउनेमा मोरङ-५ बाट निर्वाचित सांसद आशा झा, मोरङ-२ बाट निर्वाचित कृष्णकुमार कार्की र मोरङ-१ बाट निर्वाचित यज्ञमणि न्यौपाने छन् । यस्तै मोरङ-६ बाट निर्वाचित रुबिना आचार्य र मोरङ-४ बाट निर्वाचित सन्तोष राजवंशीले पनि सम्पत्ति विवरण बुझाउन बाँकी छ ।

सुनसरी-२ बाट निर्वाचित लालविक्रम थापा र उदयपुर-२ बाट निर्वाचित सूर्यबहादुर तामाङले पनि सम्पत्ति विवरण बुझाएका छैनन् । यसरी सम्पत्ति विवरण नबुझाउनेमा रास्वपाका विभिन्न क्षेत्रबाट निर्वाचित सांसदहरू छन् ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० उपदफा (१) अनुसार सार्वजनिक पद धारण गरेको ६० दिनभित्र र त्यसपछि प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण तोकिएको निकायमा अनिवार्य पेस गर्नुपर्ने व्यवस्था छ । यी हुन् सम्पत्ति विवरण नबुझाउने रास्वपा सांसदहरू ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!