
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका-७ स्थित अधेरीमा ट्रक र हायस ठोक्किँदा १७ जना घाइते भएका छन् ।
आज बिहान १० बजे कटारीबाट गाईघाटतर्फ आउँदै गरेको ना ७ ख ३९९१ नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको बा ४ ख ५६३५ नम्बरको हायस एक-आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा परी घाइते भएका ८ जनालाई थप उपचारको लागि न्युरो अस्पताल विराटनगरमा रिफर गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

संगालोखबर 














