संगालोखबर


विराटनगर । मोरङबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा बोइलरका चल्ला नियन्त्रणमा लिएको छ । मोरङको सुनवर्षी नगरपालिका-८ हरिश्चन्द्रगढीस्थित नेपाल-भारत सीमानाबाट अवैधरूपमा नेपाल ल्याउँदै गरेको अवस्थामा चल्ला नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल बीओपी सिक्टीबाट खटिएको टोलीले सात लाख मूल्य बराबरका सात हजार चल्ला नियन्त्रणमा लिएको छ । धानखेतको प्रयोग गरेर १४ वटा भार बनाएर चल्ला ल्याउँदै गरेका व्यक्ति सशस्त्रलाई देखेपछि भारततर्फ नै भागेका छन् ।

बरामद गरिएका चल्ला बीओपी सिक्टीमा राखिएको छ । चल्ला ओसार-पसारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!