
विराटनगर । विराटनगरको काली मन्दिर व्यवस्थापन समितिले बाढीपीडित नागरिकहरूका लागि सहयोग रकम प्रदान गरेको छ । गत भदौ १० मा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूका लागि समितिले एक लाख ११ हजार रुपैयाँ सहयोग गरेको हो ।
समितिले आज मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेललाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको रकमको रसिद हस्तान्तरण गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तरगत प्रभावितहरूलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराइएको समितिले जनाएको छ । काली मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको उपस्थितिमा प्रजिअलाई रसिद बुझाइएको हो ।

संगालोखबर 














