संगालोखबर

विराटनगर । मोरङको बुढीगङ्गा गाउँपालिका-४ नेमुवामा बसको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । वीरगञ्जबाट विराटनगर आउँदै गरेको को १ ख ७९१३ नम्बरको बसले प्र १-०४-००४ प ०३४६ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिएको हो ।

ठक्करबाट मोटरसाइकलमा सवार बूढीगंगा-४ का ३६ वर्षीय सुदीप खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी सहायक हवल्दार खड्का सप्तरीस्थित बोर्डर आउट पोस्ट स्वर्णकट्टीमा कार्यरत थिए ।

दुर्घटनामा गम्भीर घाइते खड्कालाई उपचारका लागि विराट मेडिकल कलेज ल्याइएको भएपनि उपचारकै क्रममा साँझ करिब ७ बजे उनको मृत्यु भएको हो । मोटरसाइकल बाटो क्रस गर्ने क्रममा बसले ठक्कर दिएको थियो ।

घटनापछि बस र चालक सुनसरीको रामधुनी-५ का ४८ वर्षीय राजन दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!