संगालोखबर


विराटनगर । उच्च अदालत विराटनगर बारका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता योगेन्द्रकुमार शर्मा न्यौपानेको निधन भएको छ ।

विराटनगर बारका संस्थापक सचिवसमेत रहेका न्यौपानेको ८० वर्षको उमेरमा आज बिहान निधन भएको हो । विगत पाँच वर्षदेखि लिभर सिरोसिसबाट पीडित उनको सुनसरीको इटहरी-६ स्थित आफ्नै निवासमा निधन भएको हो ।

परिवारका अनुसार लामो समयदेखि उपचाररत न्यौपानेको स्वास्थ्यमा पछिल्लो समय थप जटिलता बढ्दै गएपछि केही समयदेखि घरमै उनको उपचार भइरहेको थियो । न्यौपानेको बुढीगंगा-इटहरी आर्यघाटमा आजै अन्त्येष्‍टि गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!