
विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँ घटेको हो ।
आज सुनको मूल्य प्रतितोला तीन लाख एक हजार रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला तीन लाख दुई हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला चार हजार छ सय २० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला चार हजार छ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 














