
विराटनगर । विराटनगरको हाटखोलास्थित गुरुकुलमा मञ्चन भएको सिफारिस नाटकबाट बाढीपीडितका लागि एक लाख ४१ हजार दुई सय रुपैयाँ संकलन भएको छ ।
गुरुकुलका अनुसार सर्वसाधारणबाट ३२ हजार ८५० र विभिन्न विद्यालय, कलेज, संस्था लगायतबाट एक लाख आठ हजार ३५० रुपैयाँ संकलन भएको हो ।
संकलित रकम नेपाल सरकारको आधिकारिक विपद् उद्धार तथा राहत कोषमा जम्मा गरी सार्वजनिक जानकारी गराइने गुरुकुलले जनाएको छ ।
आरोहण गुरुकुलले बाढी प्रभावितहरूलाई सहयोग गर्ने उद्देश्यले भदौ २१ देखि २६ गतेसम्म नाटक मञ्चन गरेको थियो ।

संगालोखबर 














