संगालोखबर


विराटनगर । विराटनगरबाट चोरीका मोबाइलसहित दम्पती पक्राउ परेका छन् । शुक्रबार विराटनगर-१५ स्थित एक नम्बर ढाटबाट भारततर्फ जाँदै गरेको अवस्थामा चोरीका मोबाइल  र नगदसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका-४ का २२ वर्षीय कृष्ण साह र उनकी श्रीमती २३ वर्षीया बविता बुढाथोकी छन् ।

उनीहरूमाथि शंका लागेर चेकजाँच गर्दा पाँच थान विभिन्न ब्रान्डका मोबाइल र सात हजार चार सय ३५ नेपाली तथा एक हजार आठ सय भारतीय रुपैयाँ बरामद भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । ‘अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ’, डीएसपी मिश्रले संगालोखबरसँग भने, ‘उनीहरू कहाँबाट मोबाइल चोरी गरेर ल्याएका थिए भन्ने खुल्न बाँकी छ । भारततर्फ लैजाँदै गर्दा पक्राउ परेका हुन् ।’

उनीहरूको साथबाट रेडमी ७, रेडमी ए ५, सामसुङ, होनोर र एप्पल कम्पनीका एक-एक थान मोबाइल बरामद भएका थिए । उनीहरूले कहाँबाट चोरी गरेर मोबाइल ल्याएका थिए खुल्न बाँकी छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!