संगालोखबर


विराटनगर । मोरङ उद्योग व्यापार संघको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । अनिलकुमार साहको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।

नयाँ कार्यसमितिमा सदस्यतर्फ सुशील सुराना, अनिल सारडा, विनीत सिंघानिया, दीपेश सुवेदी, विवेककुमार अग्रवाल, विकासकुमार बेगवानी र अन्वित घिमिरे निर्वाचित भएका हुन् ।

त्यस्तै अमितकुमार सारडा, पवन राठी, मनिषकुमार मारु, अमित राठी, राजेशकुमार अग्रवाल, संजयकुमार श्रेष्ठ, देवाशिष गोल्छा र वेदान्त जाजु पनि निर्विरोध निर्वाचित भएका छन् ।

नवनिर्वाचित कार्यसमितिको बैठकले उपाध्यक्ष, महासचिवलगायत अन्य पदाधिकारीको जिम्मेवारी चयन गर्नेछन् । संघको आज निर्वाचन कार्यतालिका थियो । निर्विरोध कार्यसमिति चयन भएपछि मतदान प्रक्रिया स्थगित भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!