संगालोखबर

इलाम । इलाममा टेम्पु दुर्घटना हुँदा आमा-छोरीको मृत्यु भएको छ । फाकफोकथुम गाउँपालिका-६ हाङ्मासुलीस्थित पोखरी-कमेरे सडकमा शुक्रबार साँझ मधेश प्रदेश ०३-००३ ह ६९६७ नम्बरको अटो दुर्घटना भएको हो ।

टेम्पु पल्टिएर आगो लाग्दा फाकफोकथुम गाउँपालिका-६ की २७ वर्षीया कविता श्रेष्ठ र उनकी छोरी ८ वर्षीया सुस्मिता श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । टेम्पु अनियन्त्रित भएर सडकबाट करिब दुई मिटर तल खस्दा तेल पोखिएर आगो लागेको थियो ।

दुर्घटनामा घाइते भएका आमा-छोरीलाई उपचारका लागि झापाको बी एन्ड सी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । अटोमा चालकसहित ६ जना सवार थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!