संगालोखबर


विराटनगर । भदौ २० गते शनिबार विराटनगरमा राधाकृष्ण रथयात्राको रौनक थियो । रथ अवलोकनका लागि विभिन्न स्थानबाट लाखौँ भक्तजनहरू आएका थिए । सोही भीडमा थिइन् नेपाल प्रहरीकी इन्स्पेक्टर प्रमिला कार्की ।

उनी रथमा रहेर सुरक्षा निगरानीसँगै भक्तजनलाई प्रसाद वितरण गर्न व्यस्त थिइन् । यतिबेला रथयात्राको चर्चा सेलाइसकेको छ । तर इन्स्पेक्टर प्रमिलाको चर्चा सामाजिक सञ्जालमा तीव्र भइरहेको छ । उनको व्यक्तित्व, जिम्मेवारी, आत्मविश्वास र सौन्दर्यका कारण प्रमिला चर्चामा आएकी हुन् ।

अहिले फेसबुक र टिकटक उनको भिडियो र तस्बिरसहित प्रशंसनीय क्याप्सनले सजिएका छन् । धेरैले उनलाई ‘सौन्दर्य र बुद्धिमत्ताको संगम’ उपमा दिएका छन् ।

‘हामीले आफ्नो ड्युटी गर्ने हो’, उनले संगालोखबरसँग भनिन्, ‘आफ्नो जिम्मेवारी पूरा गर्दा अरुले प्रशंसा गर्नुहुन्छ भने त त्यसलाई राम्रो मान्दछु ।’ सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-८ की प्रमिला नेपाल प्रहरीमा प्रवेश गरेको २ वर्षबढी भयो । उनी हाल जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत छिन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!