संगालोखबर


विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाका एमडी सलामको विराटनगरस्थित प्राइम हस्पिटलमा सफल उपचार भएको छ । गत साउन २ गते सडक दुर्घटनामा परेर खुट्टा गुमाउनुपर्ने अवस्थामा पुगेका उनको प्राइम हस्पिटलमा सफल उपचार भएको हो ।

बसको पांग्राले खुट्टा किच्दा तिघ्राको करिब ८ सेन्टिमिटर हड्डी सडकमा झरेको थियो । आफन्तले सडकमा झरेको हड्डी उठाएर सलामलाई चिन्ताजनक अवस्थामा प्राइम अस्पताल ल्याएका थिए ।

शरीरबाट अत्यधिक रगत बगेको र खुट्टामा गम्भीर क्षति पुगेका उनको प्राइममा तत्काल उपचार सुरु गरिएको थियो । उपचारको नेतृत्व चिकित्सक डा. अजय महतोले गरेका थिए ।

उनका अनुसार सलामलाई अस्पताल ल्याउँदा अवस्था निकै गम्भीर थियो । तत्काल उपचारसँगै घाउ व्यवस्थापन, संक्रमणको जोखिम नियन्त्रण र क्षतिग्रस्त भाग जोगाउ चिकित्सकको टोलीले विशेष भूमिका खेल्यो ।

निरन्तर उपचार र निगरानीपछि अहिले उनको स्वास्थ्यमा सुधार आएको छ । अहिले उनी आफैँ बोल्न र सामान्य गतिविधिमा फर्किन सक्ने अवस्थामा पुगेका छन् । उनले आफूलाई नयाँ जीवन दिएकोमा अस्पताल र चिकित्सकलाई धन्यवाद दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!