
विराटनगर । विराटनगरका पत्रकार शम्भु पोखरेललाई खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ मोरङले आज कार्यक्रम आयोजना गरेर पत्रकार पोखरेललाई पुरस्कार प्रदान गरेको हो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री गोङ्वु शेर्पा, पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमाल, जिल्ला अध्यक्ष सुशीला पाठक, पीताम्वर-खिलेश्वरी स्मृति प्रतिष्ठानका अध्यक्ष कविराज न्यौपाने लगायतले अबिर, दोसल्ला लगाएर सम्मान पत्र र नगद ११ हजार प्रदान गरि पत्रकार पोखरेललाई पुरस्कृत गरे ।

खोटाङको रावाबेसीमा जन्मिएर हाल मोरङको बुढीगंगा गाउँपालिकामा बसोबास गर्दै आएका पोखरेल विराटनगरलाई कार्यक्षेत्र बनाएर कान्तिपुर टेलिभिजनमा कार्यरत छन् ।

पीताम्वर-खिलेश्वरी स्मृति प्रतिष्ठानले स्थापना गरेको यो पुरस्कारबाट हरेक दुई/दुई वर्षमा पत्रकारहरूलाई पुरस्कृत गरिँदै आएको छ ।

संगालोखबर 














