संगालोखबर


विराटनगर । रोटरी क्लब विराटनगर मिडटाउनको आयोजनामा मोरङको कटहरी गाउँपालिका-४ स्थित श्री आधारभूत विद्यालयमा विद्यार्थीहरूको दाँत परीक्षण गरिएको छ ।

सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा तीन सय विद्यार्थीहरूको निःशुल्क दाँत परीक्षण गरिएको हो ।

विराटनगर-२ तीनपैनी निवासी डा. दिपेन्द्र नौलखा र उनकी श्रीमती नूतन नौलखाको सहयोगमा गरिएको कार्यक्रममा सबै विद्यार्थीलाई औषधी, ब्रस र पेस्ट उपलब्ध गराइएको छ ।

दाँत खराब भएका ६० जना विद्यार्थीलाई थप उपचारका लागि डेन्टल केयर बोलाइएको आयोजकले जनाएको छ । कार्यक्रममा क्लबका अध्यक्ष विनोद बोहरा, निवर्तमान अध्यक्ष घनश्याम काबरा, पूर्वअध्यक्ष रामअवतार अग्रवाल, सचिव प्रतिश अग्रवाल लगायतको सहभागिता थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!