संगालोखबर

विराटनगर । विराटनगरको कान्तिपुर कलेजले रसुवाको भोटेकोशी बाढीपीडितलाई ५ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा हुने गरी कलेजले आज हिसानमार्फत चेक प्रदान गरेको हो ।

कलेजको तर्फबाट हिसानका केन्द्रीय सचिव राजेश कार्कीलाई चेक हस्तान्तरण गरिएको छ ।  हिसानका केन्द्रीय सह-कोषाध्यक्ष शंकर भट्टराई, हिसान कोशी प्रदेश सचिव दिपेश बास्तोला, जिल्ला अध्यक्ष अमित ढकाल, प्याब्सन विराटनगर महानगर अध्यक्ष अर्जुन श्रेष्ठ तथा कान्तिपुर कलेजका निर्देशकहरूको उपस्थितिमा चेक हस्तान्तरण गरिएको हो ।

विपद्का बेला सहयोग गर्नु सबैको दायित्व भएकाले विद्यार्थी, शिक्षक, कर्मचारी तथा कलेज परिवारको तर्फबाट सहयोग गरिएको कान्तिपुर कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए । उनले सहयोगी मनहरूप्रति आभार पनि प्रकट गरेका छन् ।

भोटेकोशी बाढीपीडितका लागि कोशी प्रदेशबाट पनि स्वतस्फुर्त रुपमा ठूलो मात्रामा सहयोग जुटिरहेको छ । प्रदेशबाट विभिन्न संघसस्था र व्यक्तिले करोडौँ रकम कोषमा जम्मा गरिसकेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!