संगालोखबर


विराटनगर । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) मोरङले बाढीबाट प्रभावित नागरिकहरूका लागि ७४ लाख ९५ हजार ७ सय ५१ रुपैयाँ सहयोग गरेको छ ।

प्याब्सन मोरङले आफ्ना सदस्य विद्यालय, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकबाट संकलन गरेको उक्त रकम बुधबार प्याब्सन केन्द्रीय राहत कोषमा जम्मा गरेको हो ।

केन्द्रीय कार्यसमितिले जारी गरेको सर्कुलरअनुसार मोरङका विभिन्न पालिकामा रहेका सदस्य विद्यालयमार्फत रकम संकलन गरिएको प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार मोरङका १५ पालिकामा रहेका सदस्य विद्यालयबाट संकलित रकम केन्द्रीय राहत कोषमा पठाइएको छ । प्याब्सनले देशभरबाट एकमुष्ट रूपमा संकलन हुने रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ ।

विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्न विद्यालय परिवारले स्वतःस्फूर्त रूपमा रकम संकलन गरेका अध्यक्ष बस्नेतले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!